असाेज २६ मुगु – मुगुको छायानाथ रारा नगरपालिका–७ पर्चानीमा ३९ जना सवार रहेको बस दुर्घटना हुदा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।

साेहि दुर्घटनामा परि घाइते तथा मृत्यु भएका दु:खी  परिवारलाई हेम एण्ड माया फाउन्डेसन नेपालले आर्थिक सहयाेग गर्ने बताएको छ। फाउन्डेसनले मृत्यु भएका २४ जनाप्रति श्रद्धाञ्जली तथा घाइते प्रति सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै सहयाेग स्वरुप ५० हजार सहयाेग गर्ने फाउन्डेसनका संस्थापक अध्यक्ष हेम थापाले बताए।

अध्यक्ष थापाका अनुसार दशैकाे समयमा यति ठुलाे दुर्घटना हुनु अत्यन्तै दु:खद रहेकाे हुदा थाेरै भएपनि दुखि परिवारकाे सानत्वनाकाे लागि भएपनि फाउन्डेसनले तत्काल उक्त सहयाेग गर्ने र पछाडिको लागि थप निर्णय गरिने बताए।

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटनामा परेकाे हाे। दुर्घटनास्थलमा अहिले सम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ। तर सनाखत हुन बाकी रहेकाे छ।

केहीकाे उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सुनिए पनि एकिन हुन सकेको छैन। मृत्यु हुनेमा बसका चालक दलबहादुर रावल, सन्तोष बितालु, नविन बुढालगायत छन्। मृत्यु हुनेमा आठ–दश वर्षको एक बालक छन् भने अधिकांश विद्यार्थी रहेका छन।

मृत्यु हुने अधिकांश काठमाडौं,नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विद्यार्थी छन्। दशैँ मनाउँन घर जाने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका छन्। उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको उनले प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ।

ज्यान गुमाउने सबै स्थानीय रहेका छन। आफन्तहरू जम्मा भएर सनाखत गर्ने काम भइरहेकाले आफन्तहरूको भीडले गर्दा सनाखत गर्न गाह्रो भएकाे प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।

बस सडकबाट करिब पाँच सय मिटर तल खोलामा खसेको छ। बस टुक्राटुक्रा भएको छ। घाइते १४ जनालाई समिट एअरको जहाजमा र नेपाली सेनाको हेलिकप्टरमा राखेर ताल्चा विमानस्थलबाट नेपालगञ्ज पठाउने काम भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार