असोज २५ कास्की – जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। पोखराबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप कालाभीरबाट माेदी खाेलामा खसेकाे थियोे। जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएकाेे जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

मृतकको अझै सनाखत हुन सकेको छैन। जीपमा सवार यात्रु दशैकाे अवसरमा घान्द्रुक घुम्न गएको जिप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार