सयपत्री को फुलले मेरो बाटो हेरिरहेका छन् रे,
पारिलो घामको आकाशले मेरो चङ्गाको उडान कुरिरहेका छन् रे,

खिल्खिलाउदो मौसमको रूपले मलाई बोलाइरहेका छन्,रे
हातमा रातो टीका बोकी, मेरा बा आमाले मेरो खालि निधार खोजीरहेका छन् रे।

फूलहरू फुल्छन् यहा,
घरको जस्तो मग मग छैन,
उज्ज्वल किरण उदाउछन् यहा,
शितल लाग्दैन किन,
बसन्तको बहार छ यहा,
तर, उमङग् उस्तै छैन कुनै दिन।

टाढिएको शरीर हो,
मन त उतै छ नि आमा,
छोडेको मैले गाउँ हो,
भुमि त एउटै छ है बुवा।

थाकेको नजर र काँधमा जिम्मेवारी,
हातमा ठेउला,
तर सँगै छ साथ सारथीको पनि,
खाली छ निधार आमा, भाग्य खाली छैन,
किनकि स्नेह गर्नेहरूको मायाको म धनी।

तिमीले खोजीरहेको निधार बुवा, छिट्टै भरौँला,
भलो कुसारी सबै बाडी सँगै बसौँला,
यस पालीको दशैँको सम्झना मनमा गासैँला,
फेरि कहिले भेट्ने अब दिन गनौला ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार