असाेज २२ राेल्पा – ग्रामीण विकास तथा चेतना समाज नेपाल(रुडास) रोल्पाको, बिहिबार होलेरीमा सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट भिम बहादुर घर्तिमगरको अध्यक्षतामा नयाँ पदाधिकारी तथा कार्यसमिति सदस्य हरु चयन गरिएको छ । जसमा अध्यक्षमा भिमबहादुर घर्तीमगर उपाध्यक्षमा काजल थापा ,सचिवमा जित बहादुर डाँगी ,सहसचिवमा बसन्त गौतम कोषाध्यक्षमा मन कुमारी घर्तीमगर ,सदस्यहरुमा विस्मती बुढामगर ,चन्द्रकला बुढामगर ,टिकाराम घर्तीमगर ,सम्झना तिरुवा चयन हुनु भएको हो ।

कार्यक्रममा रुडास नेपालका उत्कृष्ट २ जना कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो। रुडास नेपालका काजल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा यस्तै अतिथिहरुमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना,गैरसरकारी संस्था महासंघका सचिव तथा रुडास नेपाल रोल्पाका कार्यकारी प्रमुख शाेभाराम डाँगी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा आउदै गरेको विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिदै प्रमुख अतिथि समेत रहनुभएका बुढाले रोल्पा जिल्लामा रुडास नेपाल गरेका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको कुरा उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको छ । सह-सचिव बसन्त गौतमको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सहजीकरण चन्द्रा कुमारी घर्तीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार