असाेज २० राेल्पा – नेपाल शिक्षक महासंघ रुन्टीगढी गाउँपालिका कार्यसमितिले रुन्टीगढी गाउँ शिक्षा समितिलाई पुनविचार गर्न भन्दै ध्यानाकर्षण गराएकाे छ।

रुन्टीगढी गाउँ शिक्षा समितीले गत ११ गते जारी गरेको सुचनालाई पुर्नविचार गर्न रुन्टीगढी शिक्षक महासंघले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएकाे जनाएको छ। रुन्टीगढी शिक्षक महासंघको मङगलबार बसेको बैठकले महान चाड वडादशैको विदाको सम्वन्धमा शिक्षा नियामावली २०५९ को नियम ८५ को २ ख अनुसार हुनुपर्नेमा अन्यथा भएको ठहर गर्दै पुनविचार गर्नको लागी अपिल गरिएको छ।

बालविकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयाेगीकाे वृद्धि गरेकाे तलब निकासा नगर्ने नियतका साथ माग फाराम माग गरि न्युनतम पारिश्रमिक समेत नदिइ संघीय बजेटमा घाेषणा गरे विपरीत तलब निर्धारण गरेकाे हुदा गम्भीर ध्यानाकर्षण भएकाे रुन्टीगढी शिक्षक महासंघका अध्यक्ष भिम बहादुर दशौदीद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार