असाेज १६ राेल्पा – हुम्ला घर बताउने एक युवक अलपत्र परेको अवस्थामा राेल्पामा फेला परेका छन। उनकाे घर परिवार, आफन्त वा उनलाई चिनेजानेको व्यक्ति सँग खबर पुर्याइदिन प्रहरीले सबैलाई अनुराेध गरेकाे छ।

मानसिक सन्तुलन गुमाए जस्ताे देखिने उनी संग परिचय खुल्ने कुनै कागजपत्र छैन। तर उनले बताए अनुसार हुम्ला जिल्ला, सर्किघाट गाउँपालिका १ जैर घर नाम देवेन्द्र भन्ने देवीलाल रोकाय, उनका दाई प्रकाश रोकाय, भाउजु चन्द्रा बुढा, दिदी डाफु रोकाय भिनाजु चाउरे रोकायकाे उनका आफन्तकाे नाम बताउछन। त्यसैगरी सर्जन रावत स्कूलका लेखापाल हुन भनेर बताउछन। आफुले सरस्वती माध्यमिक विद्यालयमा पढेको भनी बताउने यी व्यक्ति केही दिन देखि रोल्पाका विभिन्न ठाउँमामा घुम्दै गरेको अवस्थामा रोल्पा प्रहरीले उद्दार गरी आफन्त सँग सम्पर्क गर्ने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।

मानसिक स्वास्थ्यमा समस्या भएको जस्तो बोल्नमा समस्या साथमा कुनै पनि कागजपत्र, कपडा, पैसा समेत नभई भोकभोकै हिँडेको अवस्थामा फेला परेका उनलाई इलाका प्रहरी कार्यालय सुलिचौमा राखिएको छ। याे समाचार तयार पार्दै गर्दा प्राप्त विवरण अनुसार अहिले सर्किघाट गाउँपालिका उपाध्यक्षलाई सम्पर्क गरि छलफल भइरहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक ओलीले जनसहारा अनलाइनलाई बताए।

निम्न नम्बरमा सम्पर्क गर्न सकिन्छ
100 प्रहरी हटलाइन
086401020 ड्युटी अधिकृत इलाका प्रहरी कार्यालय सुलिचौर
9869982757 कार्यालय इलाका प्रहरी कार्यालय सुलिचौर
9869982760 कार्यालय प्रमुख इलाका प्रहरी कार्यालय सुलिचौर

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार