असोज १५ राेल्पा – “सबै उमेर समुहको लागी विद्युतिय प्रविधिको प्रयोगमा समानता” भन्ने मुल नाराको साथमा रोल्पाको होलेरीमा सरोकारवाला र जेष्ठ नागरिकहरु बिच अन्तक्रिर्या कार्यक्रम गरी ३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ ।

कार्यक्रममा नेपालको संविधानमा भएको जेष्ठ नागरिकको सुरक्षा तथा हक अधिकार सम्बन्धि अन्तक्रिर्या कार्यक्रम गरिएको हो । साथै कार्यक्रममै जेष्ठ नागरिकबाट आएको प्रश्न तथा विचार संग सरोकारवाला बिच वृहत छलफल समेत भएको बताईएको छ ।

जेष्ठ नागरिक मिलन केन्द्र होलेरीको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षतामा जेष्ठ नागरिक दिर्घ बहादुर खड्का रहनु भएको थियो भने प्रमुख अतिथिमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना ,विशिष्ट अतिथि रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक जिवराज थापा,प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका डा.विशाल कवंर,लगायत स्थानिय जेष्ठ नागरिकहरुको उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।

जेष्ठ नागरिक रुद्रमणि सुवेदी को स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शिला मल्लले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार