असाेज १५ राेल्पा – जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) काे बैठक जिल्ला सदरमुकाम लिवाङमा सम्पन्न भएकाे छ।

बिहिवार बसेकाेेे बैठकबाट विभिन्न निर्णयहरु गरिएकाे छ। काेभिड संक्रमणकाे अहिलेकाे अवस्था र नेपाल सरकारकाे आदेश अनुसार खुल्ला ठाउँ, धेरै भिडभाड, सभा,सम्मेलन जस्ता धैरै संख्यामा जमघट हुने किसममा कुनैपनि काम गर्न नदिने यथावत राखिने र बाकी सबै क्षेत्रमा पहिलेकाे तुलनामा केही खुकुलो गरिने निर्णय गरिएकाे छ।

त्यसैगरि आउद‌ै गरेका चार्डहरुमा हुन सक्ने अप्रिय घटनाहरु हुन नदिन जिल्ला सुरक्षा समितिकाे मापदण्डअनुसार तयार पारिएकाे `चार्डपर्व लक्षित जिल्ला सुरक्षा याेजना´ अनुमाेदन गरिएकाे छ। साथै विभिन्न दैविक प्रकाेपकाबाट पिडितलाई राहत रकम पनि हस्तान्तरण गर्ने निर्णय गरि हस्तान्तरणकाे काम पनि जारी रहेकाे छ।

वर्षादकाे समयमा बाढी पहिराेबाट धेरै क्षति भएका विभिन्न स्थानीय तहहरुका १७ र आगलागीबाट पिडित २ गरि १९ घरधुरीलाई क्षतिकाे विवरण अनुसार राहत दिएकाे छ। राहत पाउने पालिका अन्तर्गतका राेल्पा नगरपालिकाका चार, सुनछहरी गाउँपालिकाका चार, माडी गाउँपालिकाका पाँच, सुनिलस्मृति गाउँपालिकाका तीन, रुन्टीगढी गाउँपालिकाका एक घरधुरी रहेका छन। त्यस्तै आगलागी पिडित राेल्पा नगरपालिका १ का एक र सुनिलस्मृति गाउँपालिका ७ का एक घरधुरी परिवारलाई राहत दिएकाे छ।

गत साउन १४ गतेदेखि असाेज १४ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उपलब्ध भएका विभिन्न क्षतिपूर्तिको विवरणकाे आधारमा विपत पिडित व्यक्ति तथा परिवारलाई राहत र उद्दार सम्बन्धि सातौ संशोधन २०७७ दफा ३ (ख ) बमोजिम तत्काल व्यवस्थापन हुने गरि जिल्ला प्रशासन कार्यालयबाट ३ लाख १५ हजार बराबरको रकम अनुमाेदन गरि वितरण गर्ने निर्णय भएकाे प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

त्यसैगरी जिल्ला सुरक्षा समितिकाे निर्णय अनुसार सुनिलस्मृति गाउँपालिका अरेशमा रहेकाे सहिद मार्ग सडक आयोजना कार्यालयकाे नाममा रहेकाे बिस्फोट पदार्थ नेपाेलाइट हजार के.जी, सेफ्टीफ्युज ६ सय मिटर र डुटुनेटर ७ सयवटा सहिद मार्ग सडक आयाेजनाले नै प्रयाेग गर्ने अनुमति दिने निर्देशन दिने भएको छ। त्यस्तै राेल्पा नगरपालिकाकाे सहिद स्मृति भवनकाे आइसाेलेशन सेन्टरमा रहेका नेपाली सेनालाई असाेज १५ बाट फिर्ता गर्ने निर्णयमा भएकाे पनि प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार