असाेज १३ राेल्पा– जिल्लाकाे आत्महत्याकाे तथ्यांक हेर्दा चारदिनमा एकजनाले आत्महत्या गर्ने गरेकाे देखिएकाे छ।

मङगलबार जिल्ला प्रहरी कार्यालय राेल्पाकाे आयाेजनामा बालकल्याण नमुना माध्यमिक विद्यालयका कक्षा दशमा अध्यनरत विद्यार्थीलाई श्रव्यदृश्य सामाग्री मार्फत आत्महत्याकाे अवस्था, कारण र न्युनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिएको थियाे।

प्रहरी संग भएकाे तथ्यांक अनुसार आ/व ०७७/०७८ मा जिल्लाभर आत्महत्या गर्नेकाे जम्मा संख्या ८१ रहेकाे छ। जसमध्ये झुन्डिएर ५७ र विष सेवन गरि २४ जनाले आत्महत्या गरेका छन। ती मध्ये महिला ३७ र पुरुष ४४ जना रहेका छन।

सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी निरीक्षकबाट करिब ६०/७० जना विद्यार्थीलाई प्रशिक्षण गराइएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार