असोज १२ राेल्पा – रुन्टीगढी गाउँपालिकाले चार्डपर्वलाई मध्य नजर गर्दै बजार अनुगमनलाई तिव्रता दिएकाे छ।

मङगलबार सुर्पाल र गोरिनेटा बजारमा अनुगमन गरिएको छ । हिन्दु धर्मालम्वीहरुको महान चाडपर्वहरु दशै तिहार जस्ता पर्वहरु नजिकीदै गरेको अवस्थालाई मध्यनजर गर्दै अनुगमन कार्यलाई तिव्रता दिएको अनुगमन समितीका संयोजक एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनले बताउनु भएको छ ।

बजार अनुगमनमा अनुगमन समितीका संयोजक एवं रुन्टीढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन, सुर्पाल प्रहरी चौकीका प्रतिनिधि धन प्रसाद चौधरी ,रुन्टीगढी गाउँपालिकाका रुपेश अधिकारी ,श्यामणि विक,दिपक पराजुली,लाल बहादुर केसी ,दिपेन्द्र घर्ती, संचारकर्मी ,नगर प्रहरी लगायतको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमन को क्रममा पसल दर्ता तथा नविकरण, मुल्यसुची को प्रयोग सम्वन्धीको अनुगमन लगायत म्याद गुज्रिएको सामानहरु जफत गरी नष्ट गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार