असाेज ११ राेल्पा – राेल्पामा आइतबार एक महिलाकाे भिरबाट लडेर मृत्यु भएपछि अनौठो घटना बाहिरीएकाे छ।

सामाजिक संजाल मार्फत परिचय भएर राेल्पाका पुरुष र पुर्वि नेपाल भाेजपुरकी महिला प्रेम सम्बन्धमा रहि वैदेशिक राेजगारकाे लागि साउदी अरब रहेका ति पुरुष र नेपाल रहेकी महिला बिच अनलाइनबाट नै विवाह गरेर भाेजपुरबाट सात महिना अघि राेल्पा गई घर सम्हाल्दै वैदेशिक राेजगारमा रहेका श्रीमानकाे प्रतिक्षामा रहेकी महिलाकाे घाँस काटने क्रममा भिरबाट लडेर मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

मृत्युु हुनेमा पुर्वि नेपाल भाेजपुर स्थायी ठेगाना भई अनलाइन विवाह गरी राेल्पा त्रिवेणी गाउँपालिका ७ गाङ्गका ४४ वर्षिय प्रदीप परियारकी ३५ वर्षिय श्रीमती लक्ष्मी राई रहेकी छिन। अनलाइन बाट नै विवाह गरेका यी दम्पतीकाे प्रत्यक्ष भेट भएकाे छैन।

भिर बाट खसेर महिलाको मृत्यु भएको खबर प्रहरी चौकी नुवागाउमा आएपछी तत्कालै प्रहरी सहायक निरीक्षकको टोलि घटनास्थल गएको र थप अनुसन्धान को लागी इलाका प्रहरी कार्यालय होलेरी बाट प्रहरी निरीक्षक जिवराज थापाको टोली पनि गई प्रारम्भिक अनुसन्धान पछि पाेष्टमार्टमको दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए।

जनसहारा अनलाइन संग कुरा गर्दै डिएसपी सुवेदीले भने; `परिवारमा रहेका एक्ला वृद्ध ससुरा ८७ वर्षिय भाइराम परियारले पाेष्टमार्टम पछि शव बुझेर संस्कार अनुसार सद्धगदकाे लागि ल्याउनु भएकाे छ।´र घटनाबारे थप अनुसन्धान पनि भइरहेको डिएसपी सुवेदीले बताए।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार