असाेज १० काठमाडौं – तीन महिना यता आफुखुशि गैरहाजिर भई अहिलेसम्म पनि ११ जना प्रहरी कार्यालयकाे सम्पर्क बाहिर रहेकाेे भन्दै प्रहरी प्रधान कार्यालयले चेतावनी सहित उपस्थित हुन आग्रह गरेकाे छ।
गत साउनदेखि सम्पर्क बिहीन भएका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन आदेश दिदै सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिएकाे छ।आफूखुसी गैरहाजिर भई सम्पर्क बिहिन हुनेहरूमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशीलगायत छन्। कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा छैनन।

अन्य प्रहरीहरुमा प्रहरी हवल्दार नुवाकोट लिन्खु गाउँपालिका ४ घर भई महानगरीय प्रहरी नारायणहिटि दरबन्दी भएका हरिभक्त राई गत साउन ३० बाट ,सिन्धुली कमलामाइ ५ घर भई इप्रका गौरीरांकर दाेलखा दरबन्दी भएका प्रहरी हवल्दार शिवबहादुर जर्गामगर गत भदौ २ बाट ,धादिङ धुनिवेसी नगरपालिका २ घर भई महानगर ट्राफिक प्रहरी रामशाहपथ काठमाडौ दरबन्दी भएका प्रहरी जवान सुमन भण्डारी गत साउन २७ बाट, सुर्खेत चौकुने गाउँपालिका ४ घर भई महानगरीय प्रहरी कार्यालय परिचालन कक्ष सवारी रानीपाेखरी दरबन्दी भएका प्रहरी जवान खगेन्द्र थापामगर गत साउन ६ बाट, सल्यान शारदा नगरपालिका २ घरभइ महानगर प्रहरी प्रभाग बालकुमारी ललितपुर दरबन्दी भएका प्रहरी जवान वीबहादुर भण्डारील गत भदौ ७ बाट, बाँके खजुरा गाउँपालिका ३ घर भई इप्रका अमानिगंज बर्दघाट पश्चिम नवलपरासी दरबन्दी भएका प्रहरी जवान विनोद बुढाक्षेत्री गत साउन ११ बाट, सुनसरी बर्जु गाउँपालिका ४ घर भई प्रहरी चौकी किच्चकवध झापा दरबन्दी भएका प्रहरी जवान अनिल कुमार गुरुङ गत साउन २४ बाट,बागलुङ गलकाेट नगरपालिका ११ घर भइ गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखरा दरबन्दी भएका प्रहरी जवान पदमबहादुर थापा श्रीस गत साउन २१ बाट, डडेल्धुरा अ.न.पा १ घर भइ कास्की दरबन्दी भएका प्रहरी जवान डम्बर दियाल गत साउन १८ बाट र सुनसरी ब्राहक्षेत्र नगरपालिका ९ घरभइ सु.प.द.नि.प्र गण न.४ गुल्म महेन्द्रनगर कञ्चनपुर दरबन्दी भएका प्र.का.स प्रविन राई पनि सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार