असाेज  १० काठमाडौ – अबैध रुपमा चोरी गरी ल्याईएका मोवाईल सहित दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ।

भारतबाट मोवाईल लगातयका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महोत्तरी बर्दिबास नगरपालिका वडा न १४ घर भई हाल काठमाडौ शङखमुल बस्ने २१ वर्षिय आकाश कार्की र महोत्तरी बर्दिबास न.पा.वडा न १४ घर भइ हाल काठमाडौ महानगरपालिका वडा न ३१ जडिबुटी बस्ने २१ वर्षिय अमित कुमार महत्तो रहेकाे महानगरीय अपराध महाशाखाले बताएकाे छ।

पक्राउ परेका व्यक्तिबाट बरामद भएका सामानहरु:-
१. Vibo कम्पनिको मोवाईल थान १२
२. Oppo कम्पनिको मोवाईल थान ११
३. Samsung कम्पनीको मोवाईल थान १०
४. Redmi कम्पनीको मोवाईल थान ९
५. Iphone मोवाइल थान ८
६. Realmi कम्पनीको मोवाईल थान ४
७.Mi कम्पनीको माेवाईल थान १
८.Vitu कम्पनिको मोवाईल थान १
९. Huweai कम्पनिको मोवाईल थान १
१०. Techo कम्पनीको मोवाईल थान १

महानगरीय महाशाखाबाट खटिएको प्रहरी टोलीले भन्सार चोरी पैठारी गरी ल्याई कारोबार गर्ने चोरी पैठारी गरी ल्याएकाे phone , Samsung Lava, Oppo, Huawei, Techo र Realme कम्पनी समेतका मोवाईल जम्मा ६१ थान सहित फेला पारी आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार