असाेज ८ डडेल्धुरा –  १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। परशुराम नगरपालिकाकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले परशुराम–१० का २३ वर्षीय रामसिंह ठगुन्ना र दार्चुलाको नौगाड गाउँपालिका–५ का २७ वर्षीय जगदीश धामीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। किशोरीमाथि असोज ५ गते बलात्कार भएको बताइएको छ।

प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइँदैछ। घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार