असाेज ८ काठमाडौ – काेराेना संक्रमण दर घटिरहदा लकडाउन केही खुकुलाे बनाउदै गएकाे सरकारले अब विदेशबाट नेपाल आउने र नेपालबाट बाहिरिने यात्रुहरूको यात्रा लागि पनि केही शर्त सहित आवागमनकाे व्यवस्थापन स्वरुप आजैबाट लागू हुनेगरी नयाँ आदेश जारी गरेकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक मन्त्रायलले बिहीवार प्रकाशित गरेको हाे। मन्त्रिपरिषद्‌ले पारित गरेको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश, २०७८ जारी गरेकाे हाे।

अब नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमन प्रवेशबिन्दुमा एन्टिजन परीक्षण अनिवार्य हुनेछ। परीक्षणबाट पोजिटिभ देखिएमा अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको आइसोलेशन वा अस्पतालमा पठाउनुपर्ने हुन्छ। एन्टिजन परीक्षणबाट नेगेटिभ देखिएपछि मात्र होटलबाट बाहिर जान दिइने छ।
अनअराइभल भिसाले पर्यटकहरूको आवागमनलाई सहजीकरण गर्ने र भिसा प्रक्रिया सरलीकृत हुँदा नेपाल आउन पर्यटकहरूमा पनि उत्प्रेरणा बढनुका साथैै सरकारी आदेश अनुसार प्रचलित कानूनबमोजिम अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड खोपका मात्रा पूरा गरेका नागरिकलाई अनअराइभल भिसा दिइने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए।

नेपालको अध्यागमन प्रवेशबिन्दुमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजपत्रका अतिरिक्त कागजात अनिवार्य पेश गर्नुपर्ने भएको छ।

१.कोभिड खोपको पूर्ण मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण,
२.हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाण,
३.पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्यकाे हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि,
४.नेपालमा होटल बुक गरेको प्रमाण।

के-के छन नयाँ नियमहरु:

१.अनिवार्य रूपमा आफ्नै खर्चमा होटल क्वारन्टिनमा बस्नुपर्ने
२.कोभिड परीक्षण गर्दा वा आइसोलेशनमा बस्दा तथा बीमा लगायत अन्य खर्च स्वयंम व्यक्तिले नै बेहोर्नुपर्ने,
३.नेपाल भ्रमणमा रहेका सबै विदेशी नागरिकले कोभिडका लक्षण देखिएमा तत्काल परीक्षण गराउनुपर्ने र पोजिटिभ रिपोर्ट आएमा आइसोलेशनमा बस्नुपर्ने छ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार