असाेज ६ राेल्पा – नेपाली काँग्रेसकाे १४ अौ अधिवेशनकाेे लागि त्रिवेणी गाउँपालिका कार्यसमितिको सभापति पदमा युवा नेता दुर्योधन राणा मगरले उम्मेदवारी घोषणा गरेका छन। देशभरका गाउँ तथा नगरपालिकाहरुमा असाेज नौ गते अधिवेशन सम्पन्न गर्ने काँग्रेस केन्द्रीय समितिकाेे याेजना छ।

नेपाल विद्यार्थी संघबाट राजनैतिक यात्रा सुरु गर्नुभएका राणा प्रखर वक्ता समेत हुनुहून्छ । त्रिवेणी गाउँपालिका ५ जुगार निवासी राणा निरन्तर रुपमा काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । व्यावसायिक क्षेत्रमा आबद्ध रहनुभएका राणा युवा माँझ लोकप्रिय समेत मानिन्छन् । काँग्रेसलाई बलियो र संस्थागत रुपबाट सञ्चालन गर्न युवाको नेतृत्व आवश्यक भएको बताउदै निष्ठा र इमानको राजनीतिलाई जोगाउन आफूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको राणाले बताए ।

काँग्रेस भित्र पछिल्लो समय विकृति र विसंगतिले प्रशय पाएको बताउँदै राणा भन्छन्; `काँग्रेसप्रति जनताको विश्वास गुम्न नदिन, पार्टीप्रति युवाको आकर्षण बढाउने गरी बलियो र संस्थागत रुपमाबाट पार्टी सञ्चालन गर्न आफूनो समुह नेतृत्वका लागि आघि सरेको बताउनुभएको छ । साथै सातै वटा वडाका प्रतिनिधिहरुलाइ आफुलाई विजयी बनाउन सहयोग गर्न समेत राणाले आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार