असाेज ६ सुर्खेत : कार्यालय समयमा बाेलाउदा पनि कार्यालयमा नआएको भन्दै वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा आगजनी गरिएको छ।

वडाअध्यक्ष कार्यक्रममा रहेकाे र पटकपटक आफुले फाेन गरेर बाेलाउदा समेेेत नआए पछि वीरेन्द्रनगर–१ वास्ताम लामिछानेले आगजनी गरेकाे प्रहरीले बताएको छ। आगजनीबाट कुर्सी, सोफा दराज, र सबै कागजात जलेर नष्ट भएका छन। वडाअध्यक्ष गंगाराम सुनार आफू बुधबार बिहानै देखि कार्यक्रम गएकाले समयमै कार्यालयमा आउन नसकेको स्विकार गरेका छन।
लामिछानेले आफुलाई दुईपटक फाेन गरि धम्की दिदै कार्यालयमा नआए पछि आगाे लगाउने बताएपछि केही समय पछि आफू कार्यालय पुग्दा कार्यालय खरानी भइसकेको वडाअध्यक्ष सुनारले बताए । तत्कालका लागि अति आवश्यक कामहरु नगरपालिकाबाट सेवा दिने गरि व्यवस्था गरिएको पनि वडाअध्यक्ष सुनारले बताए।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार