असाेज ४ क्वलालाम्पुर – वैदेशिक राेजगारीकाे सिलसिलामा मलेसिया गएका सल्यानका एकजनाकाे सवारी दुर्घटनामा परी मृत्यु भएकाे छ।
मलेसियाको सेलाङगर राज्यको साहआलम सेक्सन-१५ स्थित नेपाली रेस्टुरेन्टमा काम गर्दै आएका सल्यानका गोबिन्द खनालको आफैले चलाएकाे माेटरसाइकल आइतबार बिहान करिब ४ बजेतिर दुर्घटनामा परी घटना स्थलमै ज्यान गएको हो। उनी संगै सवार स्याङ्जाका देब बहादुर मगर गम्भीर घाइते भएका छन। घाइते मगरकाे साहआलम स्थित सेक्सन सातमा रहेकाे अस्पतालमा उपचार भइरहेको छ। करिब बिहान ४ बजेको समयमा उनिहरु चडेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो

मृतककाे पासपोर्ट

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार