असाेज २ काठमाडौ – कमेडी च्याम्पियन सिजन –२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । पहिलाे सिजनमा विजेतामा विवाद आएपनि याे सिजनमा भने त्यस्तो विवाद देखिएकाे छैन।

पहिलो उपविजेता भारत सिक्किमका बिक्की अग्रवाल र दाेस्राे उपविजेता गाेर्खाका सन्तोष थापा भएका छन। भरतमणीका प्रस्तुतिहरु सुरु देखि नैै उत्कृष्ट देखिन्थे। अझ बढी उनले प्रस्तुत गरेकाे काेठा खाेज्दा पुर्व सन्चार मन्त्री गाेकुल बास्काेटाकाे नक्कल गरेदेखि अत्यधिक चर्चा बटुलेका थिए। पछिल्लो समय पुर्व युवराज पारस शाहकाे नक्कल बाट पनि दर्शकहरु निकै माेहित थिए।

उपाधि हात पारेका पौडेलले उपाधिसँगै २५ लाख र कार पुरस्कार पाएका छन् । पहिलो उपविजेता अग्रवालले पुरस्कारमा टिभिएस अपाचे माेटरसाइकल पाए भने दाेस्राे उपविजेता थापाले टिभिएस स्कुटी पुरस्कार पाए । उक्त शाे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिएको थियाे ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार