असाेज २ काठमाडौ – भदाै २९ गतेको बसेकाे मन्त्रीपरिषद बैठकले सिफारिस गरेका ५ सय ३१ जनाले माफी पाएका छन।
संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६ बमोजिम ५ सय ३१ जनालाई माफी दिइएको छ। भदाै २९ गतेको बसेकाे बैठकले सिफारिस गरेका ५ सय ३१ जनालाई माफी

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधान अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफी भएको राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएको छ।

त्यसैगरी संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतबाट रिट नं. ०७६-WO-०९३९ को मुद्दामा साउन १९ मा भएको परमादेशको आदेश, मुलुकी अपराधसंहिता, २०७४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को भदाैं २९ गतेको सिफारिसमा संविधान दिवसकाे अवसरमा असाेज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको पनि विज्ञप्तिमा जनाइएको छ।

हेर्नुहाेस् विज्ञप्ति :

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार