भदौ ३० दैलेख  – मङगलबार मृत अवस्थामा भेेटिएका गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रबहादुर बिसीको हत्या व्यक्तिगत रिसइबीका कारण महिलाले गरेकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले बताएको छ।

हत्यामा संलग्न रहेको आशंकामा मङगलबार नै प्रहरीले स्थानीय एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियाे सोही गाउँपालिका–८ छोटेपोखरा बस्ने डम्मर खड्काकी पत्नी २५ वर्षीय मुना रानाले शिक्षक बिसीको व्यक्तिगत रिसइबीका कारण सोमबार राति अन्दाजी १ः३० बजे धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी समक्ष स्विकार गरेकाेे जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार