भाद्र २९ तनहुँ – टिकटक बनाउने क्रममा नयाँ दुलही सेती नदीमा डुबेर बेपत्ता भएकी छन।

५ दिनअघि विवाह भई संस्कार अनुसार दुल्हन फर्काउन माइत गएका बेला साथिहरु संग टिकट बनाउन शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी किनारमा रहेको (रक गार्डेन) मा टिकटक बनाउन खाेज्दा चिप्लिएर सेती नदीमा डुब्दा नव दुलही १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ।

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरे लगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टाेली घटना स्थल पुगि खाेजिकार्य सुरु गरेकाे र अहिलेसम्म भेटाउन नसकेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार