भदौ २९ काठमाडौं – राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाईंदै छ।

यो वर्षकाे नारा ‘सामान्य अवस्था वा कोभिड महामारी बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

राष्ट्रिय बाल दिवसको प्रारम्भ
वि.सं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेपछि तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिन पारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । ४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रूपमा देशले ४२ वटा बालदिवस मनायो । लोकतन्त्रको स्थापना पश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो परिणाम स्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बाल दिवसकाे मितिलाई पनि परिवर्तन गरेेेेका हाे।

मिति परिवर्तनको कारण
वास्तवमा वि.सं २०४६ सालको प्रजातन्त्रको पुन:स्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जस अनुसार अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रूपमा मनाउने गरिएको हो । आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रूपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ । २०६३ साल अघी सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसङ्घ बालअधिकार सम्बन्धी महासन्धि-१०८९ २० नोवेम्बरलाई सन् १९९०/१४ सेप्टेम्बर २९ भाद्र मा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णय गरिएको हो । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रूपमा मनाउने कार्यको थालनी भएको छ । यसले पहिलो बालदिवस मनाउने कामको थालनी गरेको मान्न सकिन्छ । यद्यापि २९ भाद्रमा राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर मूल कुरा बाल दिवस कुन दिन मनाइन्छ भन्ने मात्र होइन । यस्ता दिवसहरूलाई वास्तविक रूपमा तमाम नेपाली बालबालिकाको प्रत्याभूत गराउन सकिएन भने खासै अन्तर हुने छैन विगत र वर्तमानको बाल दिवसले खासैै केही प्रभाव पारेकाे भने देखिदैन।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार