भदौ २८ कास्की – विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-२७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी उनले विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाई काममा नलगाई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेललाई जिल्ला अदालत कास्कीबाट ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार