भदौ २८ राेल्पा – सनराईज समाबेशी युवा क्लब र लालिगुराँस आमा समूह गंगादेव गाउँपालिका ६ राँक डाडा रोल्पाको भवन उदघाटन तथा तिज विशेष कार्यक्रम समापन भएको छ ।

क्लबका अध्यक्ष दिपक खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री रहनु भएको थियाे। विशिष्ट अतिथिहरू गाउँपालिका उपाध्यक्ष रिता घर्ति,वडा नम्बर ७ का वडा अध्यक्ष तुलबहादुर घर्ती,वडा नम्बर ६ का वडा अध्यक्ष वीर बहादुर वली, गाउँ कार्यपालिका सदस्य खुसल बिक र चमेली घर्ती लगाएत विभिन्न राजनितीक दलका प्रतिनिधि, मिडियाकर्मि, स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे।

भवन उदघाटनका क्रममा मनतव्य राख्दै गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले क्लब र आमा समूह मिलेर देउसी भैलो खेलेको रकम जम्मा गरी फिल्ड,भवन निर्माण गरि यति उदाहरणीय काम गरेको भन्दै थप निर्माणका लागि गाउँपालिकाबाट पाँच लाख रकम दिने समेत प्रतिबद्धता गर्नुभएको छ।

भवन उदघाटन संग संगै तिज विशेष कार्यक्रम लोक दोहोरी प्रतियोगिता, एकल नृत्य र सामुहिक नृत्य कार्यक्रम पनि आयाेजना गरिएको थियाे। कार्यक्रमका प्रायोजक, अतिथिहरूहरू र उपस्थित आमा समुहहरूलाई सम्मान पत्र समेत हस्तान्तरण गरिएको थियो ।

क्लबका बरिष्ठ सल्लाकार रमेश बिकको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रमको सञ्चालन नबराज खड्काले गर्नु भएको थियो भने समापन क्लबका अध्यक्ष दिपक खड्काले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार