भदौ २८ राेल्पा – रुन्टीगढी गाउँपालिकामा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्र होलेरीले फार्मेसी संचालनमा ल्याएको छ ।
रुन्टिगढि गाउँपालिका होलेरीको १२ लाख रुपैयाको लगानीमा सञ्चालनमा ल्याएकाे बताएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भयका रून्टिगढी गाउँपालिकाका अध्यक्ष श्री बालाराम बुढाले रिबन काटी फार्मेसी को उद्घाघाटन गर्नुभएको हो । फार्मेसीबाट स्वास्थ्य बिमा गरेका व्यक्ति लाई नि:शुल्क र अन्य बिरामीहरूलाई सहुलियतमा अौषधी उपलब्ध हुने भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका व्यवस्थापन समितिका अध्यक्ष नेप बहादुर थापाको अध्यक्षता मा भयको कार्यक्रमको सहजीकरण प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका प्रशासन प्रमुख बुद्धिजीवी सेजुवालले गर्नुभएको थियो।

कार्यक्रममा प्रवक्ता जगत बहादुर घर्ती,गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत वासुदेव भट्टराई ,५ नम्बरका वडा अध्यक्ष याम बहादुर दसौदी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा,लेखा शाखाका गोपाल पोख्रेल,अस्पतालका प्रमुख विशाल कवर लगायत कर्मचारी तथा स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार