भदौ २६ राेल्पा – नेकपा एकीकृत समाजवादी रोल्पा जिल्लाको पार्टी कार्यालय शनिबार स्थापना गरिएको छ। नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी बनिसके पछि उक्त दलले राेल्पामा पनि आफ्नाेे धार स्पष्ट पारेकाे जनाएको छ। जिल्लाको पार्टी कार्यालय  प्रदेश कमिटी इञ्चार्ज भागवत विश्वासीले शनिबार एक कार्यक्रमका बिच उदघाटन गरेका हुन। नेकपा एकीकृत समाजवादीकाे जिल्ला कमिटी समेत सर्वसहमतिबाट चयन गरिएकाे बताइएको छ ।

जिल्ला कमिटीमा पुर्व एमालेकाे जिल्ला कमिटीलाई नै नेकपा कीकृत समाजवादीकाे जिल्ला कमिटीमा कायम गरिएको छ। तर पुर्व एमाले जिल्ला कमिटीका केही पदाधिकारी समावेश भएका छैनन भने अहिले २१ जना थप गरि जिल्ला कमिटी तयार गरिएको नेकपा एकीकृत समाजवादी रोल्पा जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगरले जनसहारा अनलाइनलाई बताए।

जनसहारा अनलाइन संग कुरा गर्दै अध्यक्ष घर्तीमगरले भने;`मेरो नेतृत्वको आधिकारिक एमाले जिल्ला कमिटी रोल्पा आजको जिल्ला कमिटी बैठकबाट नेकपा एकीकृत समाजवादीमा समाहित भयो।´`यद्यपि केही साथिहरु समाहित हुनु भएन आजै हामीले अन्य २१ जना थप गरेका छौ।´

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार