भदौ २६ रोल्पा – माडि खाेलामा शुक्रबार देखि एक महिला बेपत्ता भएकी छन।                                                                                                               रोल्पा नगरपालिका वडा नंम्वर २ पाछावाङकी ३८ वर्षिय मन कुमारी वली रोल्पा नगरपालिका सिमलबाङ स्थित माइती घरबाट फर्कने क्रममा माडीखोलाको सबदहन नजिकैबाट हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले बताएको छ।
शुक्रबार दिउँसो करिब १२:३० बजे माडी खोलामा एक महिला बगीरहेको देखेको स्थानीयले प्रहरीलाई खबर गरे लगतै खाेजिकार्य सुरु गरिए पनि अहिलेसम्म भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए ।
जनसहारा अनलाइन संग कुरा गर्दै डिएसपी सुवेदीले भने;`घटना थाहा पाउन साथ म आफै घटनास्थल गई खाेजिकार्य सुरु गरेका हौ।´ ` अहिले जिल्ला प्रहरी कार्यालयबाट इनस्पेक्टर सन्तोष केसीकाे कमानमा र उता इलाका प्रहरी कार्यालय खुंग्रीबाट गरि तिनवटा टाेली, सशस्त्र प्रहरी र स्थानीयहरुकाे टाेलीले खुग्री,गोगनपानी लगायतका स्थानबाट कहि कतै खाेचहरुमा अडकिएकाे आशंकामा खाेला किनार आसपासका खाेजिकार्य भइरहेको छ।´

प्रकाशित मिति : २०७८ भाद्र २६ गते शनिवार