भदौ २४ दाङ – तुलसीपुरमा बौलाहा कुकुरले आतंक मच्चाएका छन। बिहिवार मात्रै १३ जना बौलाहा कुकुरको टाेकाइबााट घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार घाइते हुनेमा तुलसीपुर–२ बालापुरकी २६ वर्षीया दिलमाया नेपाली, ३५ वर्षीया कुमारी बिक, २४ वर्षीय प्रेम चौधरी, कुमालगडी निवासी २५ वर्षीया छाया वली, ४५ वर्षीय मदन चौधरी, तुलसीपुर–८ अश्वाराका ७६ वर्षीय नन्दकुमार आचार्य, १० वर्षीया कुसुम परियार, ७ वर्षीया तुलसी परियार, ५० वर्षीय शिवराज भण्डारी, १७ वर्षीया मिना केसी, २८ वर्षीया वन्दना सेन ठकुरी, २१ वर्षीय विवेक वली र शिवा आचार्य रहेका छन।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। कुकुरले धेरै टोकेकाले टाँका लगाउन नमिल्ने घाइतेलाई रेबिज विरुद्धको सुइले मात्र काम नगर्ने भएकाले इमोग्लोविन भ्याक्सिन लगाउन काठमाडौं रिफर गरिएको डिएसपी अर्यालले बताए।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार