भदौ २१ काठमाडौ – छुक्याएर नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्न खाेज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

नेपाल स्थित अमेरिकन दुतावासमा अमेरिकी विविधता भिजा (EDV) U.S. Diversity Visa (EDV) २०२० को नतिजामा नाम निकालेका तर भिजा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केहि व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली शैक्षिक ट्रान्सक्रिप्ट बनाई पेश गरेको भन्ने गोप्य सुचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले खोजतलास गरी उनीहरुलाई पक्राउ गरेकाे हाे।

पक्राउ परेका छ जना मध्ये तिनजनाकाे मात्रै प्रमाणपत्र बरामद भएकाे छ। पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिकालवडा नं.३ घर भई
काठमाण्डौ महानगरपालिकमवडा नं.१४ कुलेश्वर बस्ने
३५ वर्षिय सुमित रत्न गुभाजु छन। उनकाे साथबाट उच्च माध्यमिक शिक्षा बोर्ड को शैक्षिक ट्रान्सक्रिप्ट थान -१, माइग्रेशन सर्टिफिकेट थान -१, क्यारेक्टर सर्टिफिकेट थान -१, प्रोविजनल सर्टिफिकेट थान -१, एसएलसी को मार्कशीट थान -१, माइग्रेसन सर्टिफिकेट थान -१, राष्ट्रिय परीक्षा बोर्डको सत्यापन पत्र, सुमित रत्न गुभाजुको नामको १०३६४८७८ नं। नेपाली रहदानी थान -१ प्रमाणपत्र सहित पक्राउ परेका छन।

मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.६ घर भइ ललितपुर महानगर पालिका वडा नं.१४ सातदोबाटो बस्ने ३५ वर्षिय अमर बहादुर कटुवालकाे साथबाट उच्च माध्यमिक शिक्षा बोर्ड को शैक्षिक ट्रान्सक्रिप्ट थान -१, एसएलसी को मार्क शीट थान -१, राष्ट्रीय परीक्षा बोर्ड को सत्यापन पत्र, अमर बहादुर कटुवालको नामको ३१२४५१८ नं। को र ०७ ९ २७२०४ नं। नेपाली रहदानी थान -२ सहित पक्राउ परेका छन।

नवलपरासी गैडाकोट नगरपालिका वडा नं.३ बेल्डिया घर भई कास्की पोखरा महानगरपालिका वडा नं.५ मालेपाटन बस्ने ३० वर्षिय नरेश केसीकाे साथबाट उच्च माध्यमिक शिक्षा बोर्डको शैक्षिक ट्रान्सक्रिप्ट थान -१, राष्ट्रीय परीक्षा बोर्ड को प्रमाणिकरण पत्र र उनकाे नामको १२०००२३५ नं। नेपाली रहदानी थान -१ सहित पक्राउ परेका छन।

नवलपरासी देवचुली १७ घर भई काठमाडौ महानगरपालिका २९ रानीबारी बस्ने ३३ वर्षिय लक्ष्मण पाठक,काभ्रे, बनेपा नगरपालिका वडा नं.१० जनघालका ३३ वर्षिय दिप बिष्ट र काठमाडौ महानगरपालिका १२ टेकुका २३ वर्षिय सोहिली शाही रहेका छन।

काठमाण्डौ महानगरपालिका ३ महाराजगंज स्थित अमेरिकन राजदुतवास र काठमाण्डौको विभिन्न स्थानबाट ति व्यक्तिहरुलाई नक्कली शैक्षिक ट्रान्सकिप्ट सहित नियन्त्रणमा लिईएको । साथै उक्त शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास एवं थप अनुसन्धान कार्य समेत भैरहेको महाशाखाले बताएको छ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौंमा पठाइएको ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार