भदौ १९ राेल्पा – श्रीमानकाेे खुकुरी प्रहारबाट श्रीमती घाइते भएकी छन।

गंगादेव गाउँपालिका वडा नम्बर ३ कालाभिर बस्ने ४८ वर्षिय शालिकराम घर्तीले अत्यधिक मदिरा सेवन गरि गएराती करिब ३:३० बजेतिर श्रीमती ४६ वर्षिय भुमिसरा घर्तिलाई खुकुरी प्रहार गरि घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घर्तीले श्रीमती लगाएत आफुले पालेका गाई १,भेडा १ र बाख्रा १ गरी तिनवटा वस्तुभाउलाई पनि खुकुरी प्रहार गरेका थिए तिनवटैकाे मृत्यु भइसकेको छ। घटनाकाे बारेमा स्थानियले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी नायब निरीक्षककाे टाेली घटनास्थल पुुुुगि दुईवटा खुकुरी सहित घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाका डिएसपी नरेश सुवेदीले जनसहारा अनलाइनलाई जानकारी दिनुभयो।

घाइते श्रीमतीलाई उपचारकाे लागि स्थानीय मेडिकलमा भर्ना गरिएकाे छ भने पक्राउ परेका घर्तीलाई अहिले इलाका प्रहरी कार्यालय घर्तिगाउँमा राखि थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताउनुभयो।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार