भदौ ८ धनुषा – एक युवकले आफ्नै बुवा र श्रीमती अर्थात ससुरा बुहारीकाे हत्या गरेका छन्।

मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका भागेश्ववर मण्डलले आफ्नो बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३५ वर्षीया अमरिकादेवी मण्डलको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ।

लामो समय देखि पारिवारिक विवाद हुँदै आएकोमा गए राति भागेश्वरले ससुरा बुहारीकाे हत्या गरेका हुन। हत्या गरेर दुवै जनाकाे शव खाल्डोमा गाडेको भन्दै भागेश्वरले प्रहरी समक्ष स्वीकार गरेका छन। बुवा र श्रीमती बीच आफू वैदेशिक राेजगारीमा गएकाे बेलाबमछ अनैतिक समबन्ध रहेकाे त्यसै कारणले घरमा विवाद हुँदै आएको र त्यही रिसले हत्या गरेकाे भागेश्वरले बयान दिएकाे धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए। भागेश्वर एक वर्ष अघि वैदेशिक मात्रै रोजगारीबाट आएका थिए।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार