भदौ ६ काठमाडौ – रक्षाबन्धन पर्व भाई र बहिनी को अटूट प्रेम को लागी समर्पित छ। यो पर्व को अभ्यास शताब्दीयौ पुरानो हो।

पौराणिक कथा अनुसार यो पर्व को परम्परा दिदी बहिनीहरुद्वारा राखिएको थियो। आजकाे दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु त्रिवेणी आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्छ । जो वास्तविक बहिनीहरु थिएनन्। जब राजा बलीले १०० यज्ञ पूरा गरी स्वर्गको राज्य खोसेको प्रयास गरे, देवराज इन्द्रले भगवान विष्णुलाई प्रार्थना गरे। भगवान, वामन अवतार लिएर, राजा बाली बाट भिक्षा माग्दै आए। भगवानले तीन चरणमा आकाश, भूमिगत र पृथ्वी नापेर राजा बालीलाई खाडलमा पठाए। तब राजा बलीले आफ्नो भक्ति संग रात र दिन को सामने रहने प्रतिज्ञा लिए। तब आमा लक्ष्मी राजा बलीकहाँ गइन् र एक राक्षस सूत्र बाँधेर उनलाई आफ्नो भाइ बनाए र आफ्नो पतिलाई बलिदानमा ल्याए त्यो दिन श्रावण महिनाको पूर्णिमा थियो।

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिन अध्यायोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । यस दिनलाई वेदजयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमापनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् ।

त्यस पछि जौ, तिल, कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन। त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धति सहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् । त्यसपछि गतेमासचतुष्टये ,नवयज्ञोपवीतानि,धृत्वाजीर्णानि संत्यजेत्॥ अर्थात् उपाकर्म,उत्सर्ग र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँजनै (यज्ञोपवीत)फेर्ने चलन छ । यसदिन मन्त्रेको यज्ञोपवीत (जनै) वर्षदिनभर लगाउन भण्डारण गर्ने चलन छ ।

जनैपूणिर्माका प्रकार

१. यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांगऋषितर्पणी ।

हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् । सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावणशुक्लपूर्णिमाका दिन अध्यायोपाकर्म गरिन्छ।

(स्वाध्यायाध्ययनारम्भ)गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न न सक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

२. ब्रह्मयज्ञादधिकोsस्ति यज्ञो न तत् प्रदानात् परमस्तिदानम् । सर्वे स दानाक्रतवः तदन्ता नान्तो दृष्टो कैश्चिदस्य नृलोके ॥

अर्थात् “ब्रह्मयज्ञ(वेदपाठ)भन्दा न कुनै ठुलो यज्ञ छ , न त्यसको प्रचार भन्दा ठुलो दान छ । किन की सबै दक्षिणाशक्ति सहित भएका यज्ञहरू ब्रह्मयज्ञभित्रै हुन्छन् । ” स्वाध्याय(ब्रह्मयज्ञपितृतर्पण)पितृका निम्ति अन्नदान, होम, भूतवलि र अतिथि सत्कार जस्ता दैनिक गर्नुपर्ने पञ्चमहायज्ञलाई (शुक्लयजुर्वेद शतपथ ब्राह्मणमा-भूतयज्ञ, देवयज्ञ, पितृयज्ञ, मनुष्ययज्ञ र ब्रह्मयज्ञ भनी वर्णन गरिएको छ )। स्मरण गराउने दिनको रूपमा पनि द्विजजातिहरू (ताकाधारीहरू) ले यो पर्व मनाउने गर्छन । उपनयन (ब्रतमन्ध) गरी वैदिक परम्पराले दिएको शिक्षा दिक्षा समेतको उचित तवरले पालना गरी सत्कर्ममा लाग्न समेत यसपर्वले स्मरण गराइरहन्छ ।

३. येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः। तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ॥

अर्थात् “जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन(डोरो)बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्दछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ । “भन्ने अर्थ भएको पौराणिक मन्त्र पढेर रक्षाबन्धन बाँध्ने को परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । जनैमा प्रयुक्त हुने नौ डोरा ३ ग्रन्थि वा शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्ने कुरामा मार्गदर्शन गर्न सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । जनैपूणिर्माको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास छ । सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गई मेला भर्ने गर्दछन् । आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ ।

रक्षा बन्धन

रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा ब्राह्मणहरूहरू नुहाई-धुवाई गरेर पूजा पाठ गरी सके पछि पवित्र धागो जसलाई रक्षाबन्धन व रक्षासूत्र पनि भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षाबन्धन बाँधेर टिका लगाईदिने गर्छन । बदलामा शिष्य-यजमानहरू ब्राह्मणलाई दक्षिणा(रूपयाँ पैसा)वस्त्रादि उपहार दिने गर्छन ।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार