भदौ ५ काठमाडौं – जापानको(भ्याक्स कार्यक्रम) मार्फत अनुदानमा दिएको १६ लाख १४ हजार ७४० डाेज खाेप मध्येकाे दुई लाख आठ हजार सात सय डोज एस्ट्राजेनेका कोरोना खोप कतार एयरलाइन्सबाट नेपाल शनिबार बिहान आइपुगेको छ।

यस अघि अस्ट्राजेनेकाको पहिलो खोप लगाएर पर्खाइमा रहेका प्रदेश १ र २ का ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइने बाँकी खोप भने सोमबारसम्ममा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए। नौ लाख मात्रा डाेज खाेप यस अघि नै आइसकेको छ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार