भदौ ५ काठमाडौं – वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान उपचारको क्रममा ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विभिन्न हास्य सिरियलहरु मार्फत सबैकाे मनकाे पात्र बनेका थापाले हल्का रमाइलोमा बखते काका, गोलमालमा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले भद्रगोल, मेरी बास्सै लगायत थुप्रै सिरियल तथा विज्ञापन चलचित्र र चलचित्रमा समेत अभिनय गरेका छन्

कोरोना सक्रमित भएपछि अस्पताल भर्ना भएका थापालाई मङगलबार देखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियाे। मङगलबार यता नै थापाकाे अझ बढि स्वास्थ अवस्था बिग्रिएकाे थियाे। करिब दुई साता अस्पतालमा उपचाररत थापाकाे निधन भएको हाे।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार