भदौ ४ काठमाडौ – अवैधानिक रुपमा यौन व्यवसाय संचालन गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेकाे छ। ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई उक्त कार्य गरिरहेकाेे भन्ने सुराकीको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले छापा मार्दा उनिहरु पक्राउ परेका हुन।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट, ललिपतुर ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका-७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।

उनीहरु माथि जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार