रुकुम पश्चिम – मुसीकोट नगरपालिका–७ साँखको ठूलीदहमा डुबेर एकै घरका दाजुभाइकाे मृत्यु भएको छ।

मुसीकोट नगरपालिका–१ सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनका भाइ १७ वर्षीय प्रेमबहादुर थापाको ठूलीदहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ।

उनिहरु डुबेको खबर पाउन साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दहबाट दाजुभाइको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख निरीक्षक डेकेन्द्र शर्माले बताए।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार