भदौ ४ काठमाडौं – माधव कुमार नेपाल नेतृत्वको नयाँ पार्टीको नाम संशोधन गरिएकाे छ। निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाममा परिवर्तन गरेको छ।

यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा उक्त नाम मुलधारकाे एमाले संग जुध्न जादा निर्वाचन आयाेगले अस्वीकार गर्न सक्छ भनेर संशोधन गरिएकाे नेता राजेन्द्र पाण्डेले बताए। नाम संशोधन भए संगै अब पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ।

चुनाव चिन्हको बारेमा भने पहिले प्रस्तावित निर्णय अनुसार ‘खुला किताब’ राखिएकोमा । त्यसमा अनेक रुपमा पार्टीमा न‌ैै विवाद सिर्जना भएपछि पुन:छलफल गरि टुंगो नलगाए सम्म के हुन्छ भन्न नसकिने नेता पाण्डेले बताए।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार