अभावमा आँसुका प्याला,पिएर जिउने जिन्दगी सम्झिन्छ
भारी मन फाटेकाे चित्त सिएर, जिउने जिन्दगी
सम्झिन्छ

मुग्लान पस्छ छाेराे सपनाका पखेटाहरुमा उडान
भर्दै
खाडीमा रगत र पसिना दिएर जिउने जिन्दगी
सम्झिन्छ,
आमाका निस्ता गाँस र अभावका सन्त्राससँगै
राहदानीका लागि ऋण ,लिएर जिउने जिन्दगी सम्झिन्छ।

ठाेक्किंदा,टक्राउँदा चकनाचुर भएकाे कल्पनाकाे
संसारबाटै
विचरा ! स्वाभिमानसँगै रित्तिएर जिउने जिन्दगी सम्झिन्छ।

रेमिट्यान्सकाे गुन लगाउँदा लगाउँदै परदेशबाट
उसले
फर्किंदा राताे बाकसमा सजिएर जिउने जिन्दगी
सम्झिन्छ।

प्रकाशित मिति : २०७८ भाद्र २ गते बुधवार