श्रावण ३१ राेल्पा – नेपाल मास्क अभियान तथा तपाईंको मास्क खै ? अभियान जिल्ला सदरमुकाम लिबाङमा आइतबार सम्पन्न गरिएको छ।

डिसिसिएमसी जिल्ला संयाेजक तथा प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाको नेतृत्वमा राेल्पा नगरपालिका,जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, पत्रकार, नागरिक समाज,सु-आहार-२ लगायत विभिन्न निकायका प्रतिनिधी सहित लिवाङ बजारमा सचेतनामुलक स्टिकर टास्ने र मास्क वितरण सहित बजार परिक्रमा गरिएको थियाे। जिल्ला प्रहरी कार्यालय रोल्पामा स्थापना भएको मास्क बैंकमा मास्क तथा स्टिकर प्रमुख जिल्ला अधिकारी सापकोटाले हस्तान्तरण गर्नुभयाे । सडकमा हिड्दा नागरिकले मास्क लगाएको छ कि छैन भनि अनुगमन सहित मास्क नलाउनेलाई मास्क दिएर सम्झाई बुझाइ गरिएको छ ।

प्रजिअ सापकाेटा सवारी साधनमा स्टिकर टाँस्दै

काेभिड रोकथाम तथा नियन्त्रणका लागि जनचेतना जगाउन सवारी साधन,सार्वजनिक स्थलमा सांङकेतिक स्टिकर टाँस्ने तथा मास्क वितरण गरि बाकी जिल्लाभर वितरण र टाँस गर्न प्रहरी नायब उपरीक्षक नरेश राज सुवेदीलाई हस्तान्तरण गरिएकाे हाे। उक्त मास्क र स्टिकर जिल्ला प्रहरी कार्यालयले जिल्लाभर रहेका प्रहरी युनिटलाई उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

प्रजिअ सापकोटाले डीएसपी सुवेदीलाई सामाग्री हस्तान्तरण गर्दै

जनसहारा अनलाइन संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयाे;जिल्लाका सबै स्थानीय सरकारले पनि यसैगरी प्रभावकारी रुपमा कार्यक्रम गरि सर्वसाधारण नागरिक सम्म जनचेतना फैलाउन निर्देशन दिएकाे बताउनु भयाे। काेभिड राेकथामकाे लागि अक्सिजन प्लान्ट,एचडियु, आईसीयू, भेन्टिलेटरकाे स्थापना गर्नकाे लागि काम सुरु गरिएको पनि बताउनुभयो।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार