गरिबकाे घरमा ईश्वरकाे पदचाप सुनेकाेछैन ।
भलाे गर्नेकाे कहिल्यै फलिफाप सुनेकाेछैन ।

हीनताबोध गर्छ चाेरले चाेरी खानुपरेकाेमा
भ्रष्टाचारीले गरेकाे पश्चाताप सुनेकाेछैन ।

सपनामात्र बाँडिन्छन् यहाँ प्रत्येक चुनावमा
याेभन्दा भयङ्कर अर्काे अभिशाप सुनेकाेछैन ।

नाप्न त मान्छेले नापे समुद्र हिमालै पनि
दुखीकाे सहनशक्तिकाे परिमाप सुनेकाे छैन ।

कसरी हुन्छ अन्त्य याे युगिन वर्गसंघर्षकाे
दुख र सुखकाे कतै वार्तालाप सुनेकाेछैन ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार