श्रावण ३१ एजेन्सी – हैइटीमा शनिबार २.२ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सेन्ट लुइस डु सुदमा रहेको थियो।

तस्बिर : क्राइबिन क्युलटर

भुकम्पका कारण मानवीय र भौतिक रुपमा क्षति धेरै भएको छ। अहिले सम्मको जानकारी अनुसार कम्तीमा ३०४ जनाको मृत्यु भएको छ भने १८०० भन्दा बढी मानिसहरु अहिले सम्म घाइते भएका छन्। बेपत्ता हुनेकाेे सङ्ख्या एकिन नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन।

प्रधानमन्त्री एरियल हेनरीले भुकम्पले ठूलो क्षति भएको र एक महिनाको लागी आपतकालिन समय घोषणा गरेका छन्। भूकम्पको धक्का लागेपछि समुद्रकाे पानी हाइटी प्रवेश गर्न थालेेेेेकाेे हुदा सुनामीको चेतावनी जारी गरिएको छ।

तस्बिर : क्राइबिन क्युलटर

हैइटीले भूकम्प र आँधीबेहरीको सामना गरिसकेको छ। २०१८ मा ५.९ म्याग्निच्युडको भूकम्पले एक दर्जन भन्दा बढी मानिसहरुको मृत्यु भएको थियो भने २०१० मा १.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पले झण्डै तीन लाख मानिसहरुको ज्यान गयो थियाे।

तस्बिर :क्राइबिन क्युलटर

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार