श्रावण ३१ जुम्ला – अविरल वर्षा संगै खोलामा आएको बाढीले बगाउँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।

सदरमुकाम बाट करिब ४० किलोमिटर टाढा रहेकाे तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।

उनिहरु नजिकैको पाटनमा सेतक चिनी काेरेर जडिबुटी ल्यायर घर फर्कने क्रममा दुनेखोलामा आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार