श्रावण ३० सल्यान – कोरोना संक्रमित एक महिला आइसाेलेसनमै शिशुलाई जन्म दिएकि छिन।

कोरोना संक्रमण पुष्टि भएपछि गत २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसेकी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-६ की २१ वर्षीया सुजाता ओलीले स्वस्थ शिशु जन्माएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा.भीमकान्त जैसीले बताए।

साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ देखिएपछि २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएको थिइन। आमा र शिशुको अवस्था सामान्य रहेकाले दुवैलाई होम आइसोलेसनमा पठाइएको छ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार