कुरा बुझ्दा पुज्छन् सबै भाउ हुनेलाई।
जाल झेल र गुन्डागर्दी दाउ हुनेलाई ।

गाह्रो अति साह्रै हुन्छ सडकको बास
कसरि पो सम्झाऊँ आमाबाउ हुनेलाई ।

यहाँ मायाँ लगाईन्न बेचिन्छ रुपैंयामा
प्रमाण सोध्नुस् पिरतीमा घाउ हुनेलाई ।

अभाव,अनिकाल र त्यो दुरदराज के हो
के मतलब जे सुकै घरमा फाउ हुनेलाई।

के सोचेर प्रगति खुवै गरिछस् भन्नुहुन्छ
औसत जीवन जोड भन्दा घटाउ हुनेलाई।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार