श्रावण २९ बुटवल – एमाले निकट सांसदबाट राजिनामा दिएकालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै बिहिबार साझ बसेको मन्त्रिपरिषद बैठकले दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका अमर बहादुर डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। डाँगीलाई सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा दिने गरी मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

डाँगीले नेकपा फुटकाे रस्साकस्सी चलिरहेको बेला त्यसकाे असर आफुलाई पनि प्रदेशमा पर्ने हुदा आफू स्वतन्त्र रुपमा बस्न चाहेकाे भन्दै गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार