श्रावण २९ माेरङ – विगत ६ वर्षदेखि आफ्नै मृत्यु दर्ता लियर जिल्ला प्रशासान कार्यालयमा धाइरहेका एक एकजनाले अन्तत नागरिकता पाएका छन। सुन्दा अचम्म लाग्छ तर घटना यथार्थ हाे। उनी हुन आफ्नै मृत्यु दर्ताको प्रमाण–पत्र बोकेर लामो समयदेखि सरकारी कार्यालय धाइरहेका मोरङका सुभाष तामाङ।

आफू जिवितै भएर पनि मृत्युदर्ता भएपछि उनलाई समस्या भएको थियो। मृत्युदर्ता भएको ६ वर्षपछि मोरङको बेलबारी–११ लक्ष्मीमार्गका तामाङले मोरङ जिल्ला प्रशासन कार्यालयबाट बिहीबार नागरिकता पाएका हुन्।

सरकारी अभिलेखमा मृतकको सूचीमा रहेका सुभाष हातमा आफ्नै मृत्युदर्ताको प्रमाण–पत्र बोकेर पुनः नागरिकता दिलाइपाऊँ भन्दै चार वर्ष अगाडि जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरेर धाइरहेका थिए। बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सुभाषलाई नागरिकता प्रदान गरेका हुन्।

उनकाे मृत्यु दर्ता कसरी भयाे ?

भोजपुरको षडानन्द नगरपालिका–२ पुख्र्यौली घर भएका तामाङ २०७१ सालमा साउदी अरबको एक कम्पनीमा रोजगारीका लागि गएका थिए। २०७२ असार २४ गते दुर्घटना भएपछि उनको मृत्यु भएको भन्दै कम्पनीले शव पठाएको थियो । कम्पनीले शव पठाएपछि उनको परिवारले दाहसंस्कार गरी मृत्युदर्ता समेत गरेको थियो।

२०७२ साउन ६ गते तामाङको षडानन्द नगरपालिका–२ मा मृत्यु दर्ता भएको भएकाे अभिलेख थियाे। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बसाइँ सरेका तामाङले आफ्नो मृत्यु दर्ता खारेज गरिदिन माग गर्दै वडा कार्यालयदेखि जिल्ला प्रशासनसम्म पटक–पटक धाए। तर, नागरिकता पाउन सकेका थिएनन्।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार