श्रावण २८ दाङ – आज दिनभरिकाे वर्षातका कारण देशका विभिन्न ठाउँ प्रभावित भएका छन। ती मध्ये दाङ पनि प्रभावित भएकाे छ। दाङमा वर्षादका कारण घाेराही तुल्सीपुर सडकखण्ड अवरुद्ध भएकाे छ।

राप्ती नदिकाे बहाव पनि जाेखिम तह पार गरि ६.१ मिटरकाेे विन्दुमा पुग्दा जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्र तथा आफ्नाे भौगोलिक अवस्था अनुसार सुरक्षित रहन आग्रह गरेकाे थियाे। प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङकाले राप्ती नदिमा बेपत्ता भएकि एक जना महिलाकाे सकुशल उद्दार गरिएको छ भने बिचमा फसेकाहरुलाई पनि उद्दार कार्य जारी रहेकाे बताएका छन।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ भन्छन `आज राप्ती नदिको बहाव खतरा तह नजिकै थियो, हामीले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुचित गर्दा पनि । यी वर्ष ४० कि दाङ गडवा ३ बस्ने टेक रानी चौधरी दाउरा टिप्न लाग्दा राप्तीको भेलमा बेपत्ता भएको खबर मलाई साझ ५:३० मा प्राप्त भयो । दाउरालाई दह्रो सङ समात्दै उनी भेलसङै ४ कि मि तल लमही ४ बुटकौवा राप्ती नदिको टापु पुगिन । खोजी कार्यमा लागेको सशस्त्र र प्रहरीको टिमले डुङ्गाको प्रयोग गरि उनलाई सकुशल उद्दार गरेको छ । उनको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । सुरक्षाफौज प्रती गौरव गरौ।´

मौसमी अवस्थालाई मध्ये नजर गर्दै पहिले नै उद्दार कर्मि सहितकाे सुरक्षा टाेली तयारी अवस्थामा राखिएको पनि प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार