श्रावण १० राेल्पा – कोरोना भाइरसका कारण आज रोल्पा अस्पताल रेउघामा उपचाररत एक जनाकाे ज्यान गएको छ ।

मृत्यु हुनेमा रोल्पा नगरपालिका वडा न.९ ह्वामा निवासी ५९ वर्षिय एक पुरुष रहेका छन। मृतक पुरुष बिरामि भएर पनि ८ दिन सम्म घरमै बसेर उपचार गराइ राखेको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वास्थ्यमा थप समस्या देखिए पनि उनि थप उपचारको लागी साउन हिजाे शनिबारका दिन मात्र रोल्पा अस्पताल रेउघा पुगेका थिए । शनिबारनै उनिमा कोरोना संक्रमन देखिएको थियो । कोरोना संक्रमन देखिएको एक दिन पछि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

यसैबिच राेल्पामा फेरि निषेधाज्ञाकाे समय थप गरिएको छ। आइतबार बसेकाे जिल्ला काेभिड १९ संकट व्यवस्थापन केन्द्रकाे बैठककाे निर्णय समेतका आधारमा फेरि केही थप निर्णय गर्नु परे तत्काल बैठक बस्ने गरि आइतबार राति १२:०० बजेदेखि लागू हुने गरि अर्काे सुचना जारी नभए सम्मकाे लागि निषेधाज्ञा कायम रहने जिल्ला प्रशासन कार्यालयले बताएको छ।

निषेधाज्ञाकाे समयमा के गर्न मिल्छ के मिल्दैन हेर्नुस्

 

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार