श्रावण १० नवलपरासी(बर्दघाट–सुस्तापूर्व) – मादक पदार्थ सेवन गरेर आपसी विवाद भई झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापुर्व) का अनुसार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरे सँग विवाद हुदा झगडा गर्ने क्रममा आफ्नै मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेपछि घटना घटेको बताएको छ।

घाइते भएकी बालिकाको उपचारका क्रममा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृत्यु भएको हाे। घटनामा संलग्न सारुलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुर अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका देवचुलीप्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार